गत शुक्रबारबाट प्रकाश सपुतद्वारा निर्देशित चलचित्र “बसन्त” हलहरुमा लागेको छ। गीत संगीतमा सफलताको शिखर चुमिसकेका प्रकाश सपुतको फिल्मी करियर पनि राम्रै चलिरहेको छ। तर उनको चलचित्र निर्देशन करियर भने सोचे जस्तो नहुने संकेत देखिएको छ। एउटै गीतमा समाजको सबै कथा भन्न सक्ने सपुतले निर्देशन गरेको ३ घण्टा भन्दा लामो चलचित्र बसन्तको कथाले दर्शकको मन जित्न सकेको छैन अर्थात् सोचे जस्तो साथ पाएको छैन। चलचित्रले यति राम्रो कथा बोकेको छ कि त्यसको बयान गर्ने शब्दहरु कमी हुन्छन्। फिल्ममा प्रकाश सपुत र स्वस्तिमा खड्का मुख्य भुमिकामा रहेका छन्।
सपुतको डायलग डेलिभरी यति मिठो छ कि जो सुकैको मन जित्न सक्छन। अब स्वास्तिमाको अभिनयको त के कुरा गरम र यसै गरी फिल्ममा रहेका अन्य कलाकारहरुको अभिनयको तारिफ गर्न पनि छुटाउन हुन्न। यति हुँदा हुँदै पनि गीत संगीतमा अत्याधिक सफलता प्राप्त गरेका प्रकाश सपुतको बसन्तलाई दर्शकले साथ नदिनुका केही कारणहरु हामीले लिष्ट गरेका छौ यहाँहरुले हेर्न सक्नुहुनेछ।
- दलितको मुद्धालाई मात्रै प्राथमिकतामा राख्नु
- प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर प्रशंसा गर्नु
- जनयुद्धको उपलब्धी माथी प्रश्न उठाउनु
- दर्शकको ओडमाउथ पब्बिसिटी अब्बल नहुनु
- विविध