पत्रकार ऋृषी धमलासंगको अन्तर्वार्तामा स्वर सम्राट नरायण गोपालको गीत भनेर भजन शिरोमणि भक्तराज आचार्यको गीत मुटु जली रहेछ गुनगुनाएपछि ट्रोलको सिकार भएका दुर्गेश थापा आफ्नै गीत गाँउदा पनि ट्रोलको सिकार भएका छन्। उनले भ्लगर सिसन बानियाँको पोडकास्डमा आफ्नै गीत राम्रारी गाँउन नसक्दा उनी ट्रोलको सिकार भईरहेका छन्। यतिवेला सामाजिक संजालमा उनको त्यो क्लिप भाईरल भईरहेको छ।

तर रोमान्चक कुरा के छ भने आफुलाई गायक भन्न नरुचाउने दुर्गेशकै गीतले बजार पिटिरहेको छ। उनको गीत यति वेला ग्लोबल ट्रेण्डिङमा पनि रहेको छ। यसै गरी मेला महोत्सवमा उनी नै व्यस्त देखिन्छन्। जति नै घृणा र ट्रोलको सिकार भएपनि दुर्गेशको सांगितिक यात्रा भने निरन्तर जारी रहेको छ।
[sharethis-inline-buttons]