Trending

रचना अस्पताल भर्ना

rachana rimal

पछिल्लो समयकी लोकप्रिय एवं चर्चित गायिका रचना रिमाल गम्भिर बिरामी भएकी छन्। सांगितिक प्रस्तुतिको लागि एक कार्यक्रममा पुगेकी उनी प्रस्तुति दिन नपाँउदै बिरामी परेपछि उपचारको लागि उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज हुँदै काठमाण्डौ ल्याईएको हो। सोमबार अर्थात् २०८२ जेठ २६ गते  सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि नेपाली सेनाले हेलिकप्टर मार्फत उद्धार गरी नेपालगञ्ज अस्पतालमा पुर्याईएको सेनाले जनाएको छ। सो दिन नेपालगन्जमा उपचार गरेपछि रचना रिमाललाई मंगलबार बिहानै काठमाण्डौ ल्याईएको छ।

उनी अहिले काठमाण्डौको एक अस्पतालमा उपचार गरिरहेको उनी निकट श्रोतले जनाएको छ। रुकुम पश्चिमस्थित सानिभेरी बेलटापुमा जारी महोत्सवमा प्रस्तुति दिन पुगेकी रचनालाई अचानक पेट दुख्ने समस्या भएपछि उनलाई नेपाली सेनाले उनको उद्धार गरेको बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa