हिजोबाट सामाजिक संजाल फेरी तातिएको छ । संधै तातिरहने हाम्रो संजाल हिजोबाट झनै तातिएको छ। कारण हो टिकटकर हुँदै मोडलिङ क्षेत्रमा जम्प हानेका जुम्ल्याह दिदी बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको एक अन्तर्वार्ता। कुनै बेला संगै सहकार्य गरेका सागर लम्साल बलेले प्रिज्मालाई तेरो ईज्जतको धज्जी उडाईदिन्छु भन्दै धम्काएको आरोप लगाउँदै रजतपट अंकलसंग अन्तर्वार्ता दिएपछि सामाजिक संजाल तातिएको हो।

उनीहरुले बलेको विवाह भैसकेपछि पनि बलेद्वारा नै संचालित बले फ्यानक्लब नामक टिकटक आईडीबाट बराम्बार आफ्नो चरित्र हत्या भएको विषयमा बलेसंग प्रहरी चौकीमा मिलापत्र गर्न पुगेका बेला बलेले उनीहरुलाई तिमीहरुको ईज्जतको धज्यी उडाईदिन्छु भनी धम्क्याएको आरोप लगाए छन्। साथै सागर लम्साल बलेले विभिन्न सिरियल तथा कार्यक्रमहरुमा आफुहरुलाई ट्विन टावरको संज्ञा दिँदै आफुहरु विरुद्ध व्याङ्गय गरेको उनीहरुले आरोप लगाएका छन्। उनीहरु यतिमै अटकिएनन् अन्तर्वार्ता सूरु भएदेखी करिब 22 मिनेट त त्यही विषयमा निरन्तर बोली रहे। यतिवेला उनीहरु यही विषयमा सागर लम्साल विरुद्ध निवेदन लिँदै प्रहरी चौकीमा निरन्तर धाईरहेको समेत बताए।
अन्तर्वार्तामा खतिवडाले भनेकी छिन्, “उहाँको फ्यान पेज उहाँ आफैँले चलाउनु हुन्छ । यो कुरा हामीले धेरै ठाउँबाट पत्ता लगायौँ “जब ब्रेकअपको समाचार आयो, त्यसपछि हामीले हाम्रो अकाउन्टबाट उहाँसँग सहकार्य गर्दा खिचेका विभिन्न प्रोमोसनल भिडिओ हटायौँ । मैले उहाँलाई ‘तपाईँको अकाउन्टबाट पनि यो सबै डिलिट गरिदिनु’ भनेर रिक्वेस्ट गरेकी थिएँ । तर, उहाँले डिलिट गरिदिनु भएन।” लम्सालले एक हप्तासम्म भिडिओ प्राइभेट गरे पनि त्यसपछि भने पब्लिकमा राखेको उनको आरोप छ ।
खतिवडाका अनुसार लम्सालको कुनै नयाँ गीत आए पुराना भिडिओ प्रयोग गरेर उक्त फ्यान क्लब टिकटक अकाउन्टमा पोस्ट गरिन्थ्यो । “त्यसको (फ्यान पेज) एक्सेस चाहिँ उहाँसँग नै छ भन्ने कुरा मैले थाहा पाइसकेको थिएँ,” उनले भनेकी छिन् । लम्साललाई बारम्बार फ्यान क्लब अकाउन्टबाट पुराना भिडिओ हटाउन अनुरोध गरे पनि फोटो भिडिओ डिलिट नभएको उनको गुनासो छ ।

उनले बलेसंग संगै सहकार्य गर्दा खिचिएका फोटो तथा भिडियोहरु फ्यान पेजबाट आएपछि मैले उहाँलाई रिक्वेस्ट गरे ‘तपाईँको आफ्नो अकाउन्ट र फ्यान पेजबाट आएको फोटो भिडियोहरु डिलिट गर्नु भने। उनी यतिमै रोकिन्नन् उनि भन्छिन् “उहाँको बिहे भइसकेपछि पनि त्यही फ्यान क्लब अकाउन्टबाट मेरो फोटो फरक सन्दर्भ राखी प्रयोग गर्नु भयो। यसैगरी आफूहरू कहिल्यै प्रेम सम्बन्धमा नरहेको र कुनै एउटा अन्तर्वार्तामा भावुक हुँदा दर्शकले त्यही विषयलाई ब्रेकअपसँग जोडेको उनले सुनाइन् ।

हामीले प्रहरीमा निवेदन दिएको भन्ने समाचार आएपछि त सामाजिक सञ्जाल प्रयोगकर्ता कमेन्टमार्फत आफूमाथि खनिएको खतिवडाको गुनासो छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले पुरानो विषयलाई उठाएर बारम्बार चरित्रहत्या गरेको भन्दै उनले सामाजिक संजाल प्रयोकर्ताहरु माथी समेत आपत्ति जनाइन् । छ महिनाअघि प्रहरीमा निवेदन दिएपछि फ्यान क्लब अकाउन्ट र व्यक्तिगत अकाउन्ट कतै पनि आफ्नो फोटो नराख्ने सर्तमा उहाँको श्रीमतिलाई समेत जमानी राखेर मिलापत्र भएको उनको भनाइ छ। तर, लम्सालले अप्रत्यक्ष रूपमा आफूलाई व्यङ्ग्य गरेपछि पुनः कानुनी उपचार खोज्न बाध्य भएको उनको भनाइ छ ।
तर, यता सागर लम्सालले भने फ्यान क्लब अकाउन्टको आफुसंग एक्सेस नभएको दाबी गर्दै “फ्यान क्लब अकाउन्ट मैले चलाउँछु कि कसले चलाउँछ भन्ने सोझै साइबर ब्युरोमै सोध्न आग्रह गरे। उनी भन्छन् मैले चलाउने भइदिएको भए मैले चलाउँछु भनिहाल्थेँ ।” साथै उनले साइबर ब्युरोमा उक्त अकाउन्टको विवरण निकाल्न लगाए कसले चलाउँछ प्रस्ट हुने बताए ।