Trending

प्रकाश सपुत र प्रिति आलेलाई कारवाही खै ? कसले मागे कारवाहीको माग ?

Screenshot 2024 06 11 163136

केही दिन अगाडी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले दोहोरीको नामबाट अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई खलल पुर्याएको भनी 12 जना कलाकारहरुलाई स्पष्टीकरण तथा केन्द्रिय कार्यसमिति सदस्य बालचन्द्र बराललाई ६ महिनाको लागि निलम्बन गरेपछि कलाकार रिया खड्का पछि ज्योति मगर पनि आगो भएकी छन्।

रिया खड्काले प्रतिष्ठानका पदाधीकारी देखी लिएर चर्चित कलाकारहरुको नाम नै तोकेर कारवाहीको माग गरेकी छिन्।  यसरी स्पष्टीकरणमा परेका केही कलाकारहरुले प्रतिष्ठानमा पुगेर प्रतिष्ठानका पदाधिकारीहरुको खुट्टा नै ढोगेर माफी मागीसकेका छन भने केहीले फेसबुकबाट नै स्पष्टीकरणको जवाफ दिएका छन्।  छ।

रिया खड्का सहित शर्मिला रायमाझी, नविना सिलवाल खुईली, शंकर सुनार, नवराज काप्री धादिङे भाले, शुशिला लामा,  तारा थापा, सागर बि.सि. सिताराम परियार, सलिना नेपाली, विशाल सोनी र गोपाल नेपाल जि.एम लगायतका कलाकारहरुलाई स्पष्टीकरण सोधिएको छ भने कार्य समिति सदस्य बालचन्द्र बराललाई प्रतिष्ठानले निलम्बन गरेको छ।

ज्योति मगर र प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर बिचको फेसबुक दोहोरीमा उसै त कतिपयले ज्योतिलाई पनि लोक संस्कृतिमा विकृति ल्याएको आरोप लगाएका छन्। ज्योती मगर यस्तो कलाकार बनेकी छिन कि उनी बिना नेपालको महोत्सव तथा व्यवसायिक साँगितिक कार्यक्रमहरु सम्पन्न हँदैनन्। उनलाई हेर्नको लागि बुढापाकादेखी युवाहरुसम्म कार्यक्रमस्थलमा पुग्ने गरेका छन्। किन पुग्छन् त्यो भने उनीहरुलाई नै थाहा होला। यसै क्रममा लोक तथा दोहोरी गी प्रतिष्ठानले दोहोरीको नामबाट अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई खलल पुर्याएको भनी कलाकारहरुलाई धमाधम स्पष्टीकरण तथा कारवाही गर्न थालेपछि ज्योतिले प्रतिष्ठान प्रति 6 बँदामा विभिन्‍न  प्रश्न तेर्स्याउदै स्टाटस लेखेपछि प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले फेसबुकमा ज्योति मगरलाई लक्षित गर्दै अब भने म प्रष्ट भएँ! तिमी सँग हाम्रो न कुल मिल्ने रहेछ न मूल नै……… भनेर स्टाटस लेखेपछि यी दुईबिच फेसबुकमा दोहोरी चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa