Trending

ठगीको पैसा चलचित्र रावायणमा

rawayan movie

विदेशमा पढ्न पठाउने बहानामा विद्यार्थीहरूसँग ठगी गरी संकलन गरिएको रकम नेपाली चलचित्रमा लगानी गरिएको गम्भिर खुलासा भएको छ। निर्देशक सुदर्शन थापाद्वारा निर्देशित एक्सन जनरामा आधारित फिल्म ‘रावायण’मा ठगीबाट संकलित रकम प्रयोग भएको खुलेको हो। किंग्स पार्क एजुकेसन कन्सल्टेन्सीका सञ्चालक सुसन पाठकले विद्यार्थीहरूलाई माल्टाको कलेजमा भर्ना गरिदिने भनेर ठूलो रकम उठाएका थिए। मंगलबार न्यूज २४ टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा सहभागी भएका पीडितहरूले उनले उठाएको पैसा चलचित्र ‘रावायण’मा लगाएको दाबी गरेका छन्। पाठक उक्त चलचित्रका कार्यकारी निर्माता रहेका थिए।

rawayan nepali movie

पीडितमध्ये एक जनाले कार्यक्रममा भावुक हुँदै भने, “हामीले विदेश जाने सपना देख्यौं, उसले त्यो सपना बेच्यो। अहिले हामी उसले थमाएको ऋणको ब्याजमा थिचिएका छौं। जब उसको घर गयौं, बुबाले भने– उसले सबै पैसा रावायणमा हाल्यो।” उनले सुसनका बुबासँग भएको कुराकानीको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरे। आरोपअनुसार पाठकले पाँचभन्दा बढी व्यक्तिबाट करिब ५२ लाख रुपैयाँ उठाएका छन्। विद्यार्थीहरूले औसतमा प्रति व्यक्ति १० लाख तिरेका थिए। उनीहरूले पैसा बुझाउँदा सिभिल्ला एजुकेसन नामको अर्कै कन्सल्टेन्सीको रसिद थमाएको आरोप लगाएका  छन्, जसले भ्रमको स्थिति सिर्जना गरेको छ।

susan pande 1

‘रावायण’लाई लिएर फिल्म नगरीमा ठूलै चर्चा चलेको थियो। पल शाह र पूजा शर्मा जस्ता चर्चित कलाकारहरु मुख्य भूमिकामा थिए। तर बक्स अफिसमा भने यो फिल्मले चमत्कार ल्याउन सकेन।

चार करोडभन्दा बढी लागतमा बनेको फिल्मले एक करोड पनि उठाउन सकेन। यसैबीच फिल्मका प्रावधिकहरुलाई पारिश्रमिक नदिएको भनी प्राविधिक संघमा निर्माताविरुद्ध १५ लाखभन्दा बढी रकम दाबीसहित उजुरी परेको थियो। यता विद्यार्थीहरुको सपना बेचेर फिल्ममा लागनी गरेका सुसन पाठक सम्पर्कविहीन भएका छन्। यो संगै पिडितहरुको पैसा फिर्ता हुने सम्भावना न्युन बनेको छ।

rawayan movie 1

तस्विरः news24 नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa