पछिल्लो समय तामाङ गीतसंगीतमा उदीयमान गायकको रुपमा परिचय बनाउन सफल गायक सन्जीव घिसिङ र जितु लोप्चनको स्वरमा रहेको गीत खाली अरे पोसको म्युजिक भिडियोले यतिबेला तामाङ समुदायमा तहल्का मच्चाएको छ। पछिल्लो समय सन्जीवको गीत रिलिज गर्ने वित्तिकै युट्युवको ट्रेण्डिङमा पर्ने गरेको छ। उनीद्वारा गाईएका गीतहरु राम्रा भएपनि भिडियो राम्रो नभएको कतिपयले सामाजिक संजालमा कमेन्ट गरिरहेका छन् ।

उनीहरुले उक्त भिडियो निर्माण टिम र नेपाल तामाङ कलाकार संघलाई समेत यस्ता किसिमका गीतहरुमा उचित कदम चाल्न अनुरोध गरिरहेका छन् संजालमा प्रतिक्रिया राख्नेहरुले तामाङ गीत संगीतमा देखिएको यस्ता किसिमको म्युजिक भिडियोहरुले तामाङ जातिको कला संस्कृतिमा असर पर्नुका साथै आउने पिढीहरुलाई राम्रो सन्देश नजाने तर्क गरेका छन्। उक्त गीतमा मोडेल याङ्गी दोङ र मिस्टेक लामा घिसिङ सहित कुईसाङ रुम्बा, कविराज घिसिङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। उसो त याङकी दोङ, तामाङ गीत संगीतको एक चर्चित र कथाले मागे जति खुल्न सक्ने मोडेलको रुपमा चिनिदै आएकी छन्। याङकीद्वारा अभिनित अधिकांश गीतहरु हिट भएका छन्।
