गायिका ज्योति मगर र गायक दुर्गेश थापा बिच फेसबुकमा दोहोरी चलिरहेको छ। आजभोली गायिका ज्योति मगर गायक दुर्गेश थापालाई प्रहार गर्न व्यस्त छिन् भने गायक दुर्गेश थापा आफुलाई सक्काउने योजना सफल नहुनेभनी ज्योति मगरलाई राजनिति नगर्न चेतावनी दिईरहेका छन्। ज्योति मगर कहिले दुर्गेशको हेलिकप्टर उडेन कि के हो भनेर व्याङ्य हानिरहन्छिन् त कहिले दुर्गेशकै पक्षमा वकालत पनि गरिरहेकी छन्। केहीदिन अघि दुर्गेश लाई ब्याङ्य हान्ने ज्योति मगर आज भने दुर्गेशकै पक्षमा खुलेर स्टाटस लेखेकी छन्।

उनले कलाकारको चरित्र जस्तो सुकै भएपनि कलाकारलाई कलाकारिताको हिसाबले सम्मान गर्नुपर्ने भनि दुर्गेशको पक्षमा वकालत गरेकी छन् साथै दुर्गेशलाई सफलताको शुभकामना पनि दिएकी छन्। मेला महोत्सवहरुमा अति व्यस्त रहने यी दुई स्टेजका हस्तीहरु केही दिनदेखी एक अर्काको विरुद्धमा सामाजिक संजालमा स्ट्याटस लेख्नै व्यस्त देखीएका छन्।

केहीदिन अघि दाङको महोत्सवमा दुर्गेश नपुग्दा ज्योतिले सामाजिक संजालमा दुर्गेशको हेलिकप्टर उडेन कि के हो भनेर हालेपछि उनीहरुबीच द्वन्द सूरु भएको देखिन्छ। पछिल्लो समय दुर्गेश थापा र ज्योति मगर नपुग्ने हो भने महोत्सव नै खल्लो हुने आयोजकहरुको बुझाई छ। उनीहरुको भनाई अनुसार दुर्गेश र ज्योति मेला महोत्सवमा पुगेनन् भने आयोजकलाई नाफामा पुर्याउन पनि हम्मे हम्मे हुने बताउने गरेका छन्। दुर्गेश र ज्योति पुगेको दिन दर्शक पनि उर्लिने गरेका छन् जसले आयोजकको भनाईलाई केहीहदसम्म पुष्टि पनि गर्छ।

ज्योति र दुर्गेश समय समयमा विवादमा परिरहने कलाकारहरु हुन उनीहरुलाई विवादले हतपत्त छोड्ने देखिदैन। यसरी विवादै विवादमा रहँदा पनि यी दुईले समय अनुसार आफुलाई अपडेट गरी आफ्नो कला बेच्न भने सफल भईरहेका छन्। जसले गर्दा मै हुँ भनिएका कलाकारहरु एक कुनामा थन्किएर गुपचुप बस्नु परेको छ।