Trending

The Voice of Nepal मा डिकिलाको सरप्राईज ईन्ट्री

Deekila sherpa

नेपालकै चर्चित रियालिटि शो दि भोईस अफ नेपालमा भारतको चर्चित रियालिटी शो ‘स्पिल्ट्सभिल्ला’को सिजन ५ बाट चर्चामा आएकी दिकिला शेर्पाको सरप्राईजिङ ईन्ट्रीले भोईसमा बबाल मच्चाएको छ। भोईसका प्रतिस्पर्धी दावा तामाङले झिमझिमाउने आँखाले बोलको गीतमा आफ्नो प्रस्तुति दिईरहेको बेला उनको ईन्ट्री भएको थियो जसले दावालाई अक्क न बक्क बनाई दिए अनि गाउनै छाडे। उक्त गीतमा दिकिलाको अभिनय रहेको छ। दावाले गाउन छाडेपछि पनि दिकिलाले निरन्तरता दिन आग्रह गरेकी थिईन तर दावाले तेसो गरेनन्। दिकिलाले दावाको लागि भोटको अपिल समेत गरिन त्यसपछि भने दावाले प्रस्तुतिलाई निरन्तरता दिएका थिए। दिकिला अहिले चलचित्र कुस्तिको लागि नेपालमा रहकी छन्। उनको यो डेब्यु चलचित्र हो। दावा भने भोईस अफ नेपालको टपटेनमा प्रवेश गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa