Trending

२७०० गीतमा एरेन्ज गरेका राजु अनाथबाट करोडमा कसरी पुगे..

raju khadka

सारा नेपालीहरुको सपनाको शहर काठमाण्डौका गल्ली गल्लीमा माग्दै जिविको पार्जन गर्दै हिड्ने बरिष्ठ संगीत संयोजक राजु खड्का यतिवेला भने बिगतमा उनी जस्तै अवस्थामा रहेकाहरुलाई नै कही दिने सक्ने अवस्थामा आईपुगेका छन्। यसैगरी उनले सांगितिक करियरमा पाउनुपर्ने सबै चिज प्राप्त गरिसकेका छन् अर्थात यतिवेला उनी सफलताको उच्च विन्दुमा छन्। उनी यो अवस्थामा आईपुग्नुमा उनको लगनशिलता, मेहनत, त्याग र संघर्ष र पेशा प्रतिको सकरात्मक सोचको ठुलो भुमिका रहेको छ। आमाबाबुको अनुहार नै नदेखेका राजु अनाथ बालकबाट संगीत जगतको यो उचाईसम्म कसरी आईपुगे? उनी कसरी बरिष्ठ संगीत संयोजक बने। आउनुहोस पर्दा पछाडि रहेर संगीत उद्योगमा निरन्तर योगदान गरिरहेका उनको बारेमा केही जानौ।

को हुन त राजु खड्का ?

लेकका हामी केटाकेटी कुहिरो भित्र स्कुल छ चौरीमा चराउँदा दिन बित्छ हजुर यही बालगीतमा स्वर दिने मध्यका एक हुन राजु खड्का त्यो बेला बाल गायकक रुपमा करियर सुरु गरेका राजुको पहिचान यतिवेला भने गायकको रुपमा भन्दा पनि संगीत संयोजकको रुपमा  रहेको छ।   कुनै पनि गीत चल्नको लागि गायक वा गायिकाको स्वर मात्र राम्रो भएर हुँदैन त्यसको लागि पर्दा पछाडि रहेर काम गर्नेहरुको भुमिका अत्यन्तै महत्वपूर्ण हुन्छ।  बि.स. २०३२ साल चैत्र २५ गते काठमाण्डौको हाँडीगाउँमा जन्मेका राजु खड्का त्यही पर्दा पछाडी बसेर भुमिका खेल्ने एक महत्वपूर्ण व्यक्ति हुन अर्थात् उनी संगीत संयोजक हुन्। उनी गाउन, गीत लेखन र संगीत भर्नामा पनि उत्तिकै माहिर छन् तर बिगत दुई दशकभन्दा बढी समय देखी निरन्तर रुपमा संगीत संयोजन मार्फत नेपाली गीतसंगीत उद्योगमा योगदान गर्दै आईरहेका उनी एक बरिष्ठ संगीत संयोजक हुन्। 

486377375 1379998566651632 55060674624996486 n edited

बाल्यकालः

बि.स. २०३२ सालमा काठमाण्डौको हाँडीगाउँमा जन्मेका राजुको बाल्यकाल निकै कहाली लाग्दो तरिकाले बितेको थियो। आफ्नो जन्मदिने बाबा आमाले जन्मिने बित्तिकै विचल्ली अवस्थामा अलपत्र पारेर बेपत्ता भएपछि उनी काठमाण्डौको गल्ली गल्लीमा विशेषगरी ठमेल र दरबार मार्ग आसपासका सडकहरुमा माग्दै त्यहीका सडकपेटीहरुलाई आफ्नो घर आँगान बनाउँदै त्यही हुर्केका थिए।

शिक्षाः

सडकमा हिड्ने वटुवाहरुलाई नै आफ्नो बाच्ने आधार बनाएका राजुको भगवानको रुपमा बि.सं. २०४३ सालमा क्यानडियन नागरिक मोनिका योङको भेट हुन्छ। त्यसपछि भने राजुको जीवनमा आमुल परिवर्तन आउँछ आफ्ना उमेरका बालबालिकाहरु चटक्क सजिएर स्कुल गएको देख्दा मन खिन्न बनाउने राजुलाई उनै मोनिकाले सूर्योदय इंग्लिस बोर्डिङ स्कुलमा पढ्ने सहितको सबै व्यवस्था मिलाईदिन्छिन्। बिडम्बना उनले दुई कक्षा पास गरिसकेपछि भने मोनिका सम्मर्क बिहिन भईन जसले गर्दा राजु खड्काको जीवन फेरी अन्धकारमा परिणत हुने अवस्थामा आयो। स्कुल भर्ना भएदेखी नै अत्यन्तै ट्यालेन्ट राजुको त्यो अवस्थामा उनको दोश्रो भगवानको रुपमा उभिए सोही स्कुलका प्रधानाध्यापक लक्ष्यबहादुर केसी किनकी राजुको पढाई प्रतिको लगाभ र ट्यालेन्टले लक्ष्यबहादुरको मन जितेको थियो। प्रधानाध्यापक लक्ष्यबहादुरले राजुको सबै जिम्मा लिईसकेको केही महिनापछि फेरी एकजना स्वीस नागरिक उनलाई सहयोग गर्छस भन्दै सम्पर्कमा आउछन् बिडम्बना उनी सम्पर्कमा आएको केही समयपछि नै सडक दुर्घटनामा ज्यान गुमाउन पुगे। यसरी विभिन्न उतारचढावहरु झेल्दे पढ्दै आईरहेका राजुले निम्न माध्यमिक तहसम्म जसोतसो पढे त्यसपछि भने राजुले आफ्नो पढाईलाई निरन्तरता दिन सकेकन्।

राजुको संगीत यात्राः

पढाईलाई चाहेर पनि अगाडी बढाउन नसकेका राजु सानैदेखि गीतसंगीतमा अत्याधिक रुची राख्थे। यसरी राजुको सांगितिक यात्रा स्कुले जीवनबाट नै सुरु भएको हो। स्कुलमा पढाई बाहेकका अतिरिक्त क्रियाकलापहरुमा सहभागी हुँदा उनी संगित क्याटेगोरीमा बस्थे। उनी गाउने मौका पाईहाल्यौ कि गाईहाल्थे, स्कुलका शिक्षक शिक्षिकाहरुले पनि उनलाई गाउनकै लागि जन्मेको हो पनि भन्थे जसले राजुलाई झन उत्साहित बनाउथ्यो। यसरी स्कुलका कार्यक्रमहरुमा गाउँदा गाउँदै सदाबाहार बाल गीत लेकका हामी केटाकेटी कुहिरो भित्र स्कुल छ चौरीमा चराउँदा दिन बित्छ भन्ने गीतमा सामुहिक स्वर दिने मौका पनि पाए। जुन गीत अहिले पनि उतिकै लोकप्रिय र चर्चित छ। यसरी दिनहरु बित्दै गए यही क्रममा संगीतको भुत चढेका राजु खड्का विभिन्न ठाँउमा संगीत सिक्नको लागि धाईरहे यही क्रममा उनले थुप्रै अग्रजहरुबाट विभिन्न किसिमको संगीत सम्बन्धी ज्ञानहरु पाईरहे।

गायनबाट संयोजन तर्फः

विभिन्न गुरुहरुबाट लिनसक्ने जति ज्ञान लिईसकेका राजु गाउन, लेख्न र संगीत भर्नामा पनि उत्तिबै अब्बल थिए तर उनले आफुलाई गायन र संगीत भर्नेमा भन्दा पनि संगीत संयोजनलाई प्राथमिकतामा राखे अनि छैन निद रातमा  बोलको गीतमा संगीत संयोजन गरेर नेपाली सांगीतिक क्षेत्रमा औपचारिक प्रवेश गरे। पहिलो संगीत संयोजनबाट नै प्रशंसा बटुलेका राजुले त्यसपछि कहिले पनि फर्केर हेर्नुपरेन उनले लोक, आधुनिक, पप, स्वदेश गीत, भजन, तामाङसेलो, मेहेन्दोमाया, चलचित्रलगायत विभिन्न धारका गीतहरू गरेर २७ सय भन्दा बढी गीतमा संगीत संयोजन गरिसकेका छन्। यो बिचमा उनले ६० वटा भन्दा धेरै गीतमा संगीत पनि भरेका छन् भने दुई दर्जन भन्दा बढी गीतमा स्वर पनि दिईसकेका छन्। यसरी यस क्षेत्रमा आफुलाई स्थापित गराउन अत्यन्तै महत्वपूर्ण भुमिका खेल्ने बरिष्ठ संगीतकार, गायक तथा बहुचर्चति बालगीत लेकका हामी केटाकेटीका सर्जक आभाष फुयाल र  गिटारिस्ट तथा संयोजक गोपल रसाइली र अडियो ईन्जिनियर प्रकाश के.सी. उनका गुरुहरु हुन भने अडियो ईन्जिनियर डिका गुरुङ र वरिष्ठ संगीतकार राजु सिंहलाई ईन्सपार्यड पर्सनको रुपमा पुज्ने गरेका छन्। उनले अनवरत रुपमा नेपाली सांगितिक क्षेत्रमा दिएको योगदानलाई सम्बन्धित निकाय र भावी पुस्ताले मुल्याङ्कन गर्ने हुन की हैन तर उनले आफ्नो क्षेत्रबाट दिन सक्ने जति योगदान दिल खोलेर दिएका छन्।

raju kadka edited

नेपाली सांगितिक क्षेत्रबाट तामाङ म्हेन्दोमाया संगीतमा उनको यात्राः

पश्चिमेली तामाङ समुदायको अत्यन्त महत्वपूर्ण र उनीहरुको जीवन पद्धतिमा खास महत्व राख्ने म्हेन्दोमाया संगीत विधामा पनि राजुको वर्चस्व कायम नै रहेको छ। यो विधा नुवाकोट धादिङ रसुवा जिल्लामा परापूर्व कालदेखी चल्तीमा आए पनि बि.सं. २०४८ सालमा मात्रै रेडियो नेपालबाट लेक योन्जनको स्वरमा रहेको गीत म्हेन्दोमायाबाट ‍औपचारिक रुपमा संगीत क्षेत्रमा देखिएको हो। राजुलाई अन्य विधाले जति बिजी बनाएको छ म्हेन्दोमाया विधाले पनि उनलाई त्यतिकै बिजी बनाएको छ। आशिक गोङ्बो तामाङको ए टिम नक्कलीबाट म्हेन्दोमाया विधाको संगीत संयोजनमा लागेका राजुले चर्चित म्हेनदोमाया गीत चिबोर ग्रम्परी हुँदै २०० वटा भन्दा बढी म्हेन्दोमाया गीतहरुमा संगीत संयोजन गरिसकेका छन्। म्हेन्दोमायामा संगीत लागेपछि राजुले पाउने सम्मान र चर्चा विगतसंग तुलना गर्न मिल्दैन किनकी म्हेन्दोमाया प्रेमीले उनलाई औधि रुचाएका छन् भने उनको दिनचार्य पनि फेरिएको छ।

अवार्ड तथा पुरस्कार/सम्मानहरुः

खड्काले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको थुप्रै अवार्ड र सम्मानहरु प्राप्त गरिसकेका छन् जुन यहाँ देखाईएको छ। भिडियोलाई पज गरेर हेर्न सक्नुहुनेछ।

सि.न.अवार्डको विवरणबर्षकैफियत
१.Mhendomaya Music Awardसन् 2017विजेता
2.National Box Office Music Video Awardसन् 2022विजेता
3.Jyoti Films Music Awardबि.सं. 2078विजेता
4.Jumbling Films Awardसन् 2023विजेता
5.दर्जन भन्दा बढी अवार्डहरुमा नोमिनेटेट भसकेको
6.४ दर्जन भन्दा बढी सम्मान प्राप्त गरेको
raju khadka 1 edited

वैबाहिक स्थितः

उनी विवाहित हुन् उनको एक छोरा समेत रहेको छ। संगीतमा जति बिजी भएपनि आफ्नो परिवार र आफ्नो व्यक्तिगत जीवनमा हुनु पर्ने र पाउनुपर्ने खुसीको लागि उनी समय मिलाएर विशेष गरी साँगितिक कार्यक्रमहरुको अवसर पारेर उनी बेला बेलामा देश विदेशमा घुम्ने गर्छन्। जसले उनलाई अझ बलियो बनाएको छ।

आम्दानीः

उनीसंग सबै विधाका गीतसंगीतमा संयोजन गर्न सक्ने क्षमता भएकाले उनी एक सेकेण्ड पनि फुर्सदिलो हुँदैनन् त्यसैले उनको यो व्यवस्ताको आधारमा हेर्ने हो भने उनको आम्दानी महिनाको १ लाख देखी ३ लाख सम्म हुने गरेको छ। उनी यो क्षेत्रमा लागेको करिब २५ बर्ष भएकोले उनको कुल आम्दानी एक करोड बराबार रहेको अनुमान गर्न सकिन्छ।

समाजसेवामा राजुः

भोक केहो, तिर्खा केहो र निन्द्रा कस्तो हुन्छ भनेर भोगेका राजु कोही कसैको दुःख देख्नै सक्दैनन् अझ सडक बालबालिका तथा बृद्ध बृद्धा को दुःख त हेर्नै सक्दैनन् सक्ने सहयोग गरिहाल्छन्। उनले आफ्नो जन्मदिन तथा विशेष उत्सवहरुमा यस्ता किसिका मानिसहरु तथा त्यस्ता किसिमका आश्रमहरुलाई सहयोग तथा विशेष उपाहारहरु पनि दिने गरेका छन्। विभिन्न संघ संस्थामा अगुवाईको रुपमा रही विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा लाग्ने गरेका छन्।

राजुबाट सिक्नु पर्ने कुराः

अनाथ बालकको रुपमा हुर्किएका राजु खड्काले यो उचाईसम्म आईपुग्न निकै संघर्ष र त्याग गरेका छन्। उनको संगीत प्रतिको लगाव र पेशा प्रतिको सकरात्मक सोचका कारण उनको सफलताले शिखर चुमेको छ। उनको जीवनी, बाटोबाटोमा- पाईला पाईलामा सफलताको सपना बोक्नेहरुको लागि एउटा मार्गदर्शक बन्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa