Trending

मेलिना रोईन

melina rai

भोईस अफ नेपालबाट आफ्नो टिमका प्रतिस्पपर्धी बाहिरिएपछि मेलिना राईको रुवाबासी भएको छ। नरुउन पनि किन उनको टिमबाट १ जना भुईमान्छे अर्थात् सडकमा आफ्नो कला बेचेर बाँचीरहेका विकास थारु भोईस नेपाल सिजन ६ को प्रतिस्पपर्धाबाट बाहिरिएका छन्। उनी बाहिरिएपछि भोईसको महोल एका एक भावविहिल भएको थियो। बर्दियाको गल्ली गल्लीमा आफ्नो कला बेच्दै हिड्ने विकास भोईस अफ नेपालको यो सिजनसम्म आईपुग्दा निकै निखारिएका थिए। यसरी भोईसको ट्रफी लिएर जाने सपना देखेका विकास टप टेन बाट नै बाहिरिनु परेको छ। तर उनी खाली हात भने फर्किएका छैनन्। उनी पहिला जस्तो एक्लो पनि छैनन् ।

bikash tharu voiceofnepal

उनलाई मनपराउनेहरु थुप्रै भएका छन्। उनले आफुलाई मजबुद बनाएका छन् । साथै उनले चारै जना कोचहरुको माया, प्रतिस्पर्धीहरुको माया सहित कोचहरुबाट ५०/५० हजार गरी २ लाख । टप १२ मा पुगेका प्रत्येक प्रतिस्पर्धीहरुबाट १०/१० हजार सहयोग प्राप्त गर्ने भएका छन्। सबै जना रोईरहँदा उनले भने आफ्नो आँशु लुकाए, उनी भित्रभित्रै रोए पनि बाहिर भने एकनास हाँसीरहे उनी भन्छन् मैले भोईसमा आएर धेरै चिज पाएको छु। म एकदम खुसी छु। म आगामी ईपिसोडहरुको सुटिङमा पनि हल्ला गर्न र रमाईलो गर्न आईरहने छु।

bikash tharu

उनलाई भोईसकै प्रतिस्पर्धि दावा लामाले १ गीत बनाईदिने घोषणा पनि गरेका छन्। विकासलाई आगामी सांगितिक यात्राको लागि हाम्रो टिमको तर्फबाट हार्दिक शुभकामना।

अहिले उत्कृष्ट ८ मा कोच राजु लामाको टिमबाट विराट तामाङ र प्रेमश राई, कोच मेलिनाको टिमबाट रोशन राई र सार्थक लामा, कोच खेम सेन्चुरीको टिमबाट इन्द्रकला राई र प्रोसेस पाण्डे, कोच उदयको टिमबाट अर्पणा आचार्य र दावा लामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa