चैत्र २९ गते शुक्रबारबाट हलमा लागिरहेको पिताम्बरले बक्स अफिसमा हरियो सिग्नल दिएको छ। प्रदिप खड्का स्टारर यो फिल्मले दर्शकको राम्रो साथ पाईरहेको छ। संगै रिलिज भएको कर्मालाई निकै पछि पार्दै यो चलचित्रले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ।
कृषा चौलागाईद्वारा निर्देशित यो चलचित्रले चौथो दिनसम्ममा संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसको डेटा अनुसार १ करोड ८६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। प्रदिपको दमदार अभिनय र दर्शकको ओड अफ माउथ पब्लिशिटी राम्रो प्राप्त गरेकोले अर्को हप्तासम्म यो चलचित्रले २ करोड माथीको व्यापार गर्न सक्ने देखिएको छ। अर्को तिर कर्माले भने नयाँ बर्षको अवसर ग्रयाब गर्न सकेन अर्थात् सोचे जस्तो व्यापार गर्न सकिरहेको छैन।