Trending

दिपक-दिपा, विराज र जितुको भिडन्त…

chakkapanja5-jwaisab-12gau

कुनै बेलाका घनिष्ठ मित्रहरु एकाएक कसरी सत्रुहुन्छन् भन्ने उदाहारणहरु टन्नै छन् हाम्रो सिनेमा क्षेत्रमा हेर्ने हो भने यस्तो संख्या निकै नै देखिन्छ यसको पछिल्लो उदाहारण हेर्ने हो भने हास्यकलाकारहरु दिपक-दिपा र जितु नेपालको सम्बन्धलाई हेरे हुन्छ।

कुनैबेला उनीहरु यति घनिष्ट थिएकी उनीहरु फिल्ममा मात्रै संगै हैन खानेबस्ने देखी लिएर हरेक कुरामा संगै थिए तर बिस्तारै जितु नेपाल मुन्द्रेले चलाएको मुन्द्रे कमेडी क्लबको अध्यक्षबाट दिपा बाहिरिएपछि यि कलाकारहरुबीच पानी बराबरको सम्बन्ध कायम भएको छ यो पानी बराबार कहिलेसम्म हो त्यो भने टुंगो छैन किनकी यस्तै छुट्टिने र जोडिने यो क्षेत्रमा भईरहन्छ।

हाम्रो चाहना पनि यी कलाकारहरु मिलेकै राम्रो भन्छौ। खाट्य कुरा के हो भने दिपक दिपाको छक्का पन्जा र जितु नेपाल र निति शाह अभिनित चलचित्र ज्वाँईसाब यही अशोज २४ गगतेबाट एकसाथ रिलिज हुँदैछ। यी फिल्महरुसंगै एक्सन स्टार विराजभट्टको १२ गाँउ पनि रिलिज हुँदैछ।

यो त्रिपक्षिय भिडन्तमा कुन फिल्मले बाजी मार्ने हो, हेर्न बाँकी छ। दशैं बिदाको मौका छोपेर एउटा फिल्ममाथि अर्को थुप्रिदा फिल्म निर्माता र फिल्म क्षेत्रलाई नै घाटा लाग्ने टिप्पणी भइरहेको बेला यसरी ३/३ वटा फिल्म संगै रिलिज गर्न खोज्ने निर्माताहरुलाई के भन्नु र खै।

यता विभिन्न अन्तरवार्तामा दिपक दिपा र जितु नेपाल मुन्द्रेबीच एक अर्कालाई स्याटर हान्ने कार्य रोकिएको छैन । मुन्द्रेले संचारकर्मीहरुसंगको कुराकानीमा दिपक दिपाले आफुलाई निकाले आशय बताईरहेका छन् उता दिपकराज गिरीले सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै मुन्द्रेलाई स्याटर हानीरहेकै छन्।

छक्कापन्जा एक सफल सिरिज हो जसले अहिलेसम्म घाटा बोहोर्नु परेको छैन साथै छक्कापन्जामा समावेश भएका कलाकारहरुको करियर नै बदलीदिन्छ।फिल्म नचलेर करियर नै धरापमा रहेका कलाकारहरुलाई समेत छक्कापन्जाले जोगाईदिएको छ। यसरी हेर्ने हो भने छक्कापन्जा एक ब्राण्ड नै बनिसकेको छ।

छक्का पन्जाका गीतहरु सार्वजनिक भएपछि उक्त गीतले तहल्का पनि मच्चाउने गर्दछ। यसपालीको बिहे भाको छैन भन्ने गीत भने दर्शकले त्यति रुचाएन र अलि अलि विवादित पनि बनेको थियो। पछि ब्रेकअप गीत रिलिज भएपछि भने यो फिल्मको चर्चा निकै चुलियो यो गीत दर्शकले रुचाईदिए।

दिपक दिपालाई यतिवेला ज्वाईसाबको भन्दा पनि १२गाँउले हल्का अताएको हुनुपर्छ किनकी सामाजिक संजालमा १२ गाउँको चर्चा यति धेरै छ कि जुन चर्चाको बयान गरी साध्य छैन तर दिपराज गिरी यति बाठा कलाकार हुन उनले आफ्नो फिल्म चलाउन जुनसुकै किसिमको ट्रिक लगाउने गर्दछ। पल शाह र पुजा शर्मा अभिनित एक्सन प्रधान चलचित्र रावायण सोचे जस्तो नचलेपछि दिपक दिपालाई हल्का राहत भने मिलेको देखिन्छ तर समिर भट्टको चर्चा अनुसार दर्शक हलमा ‌ओर्लिए भने यसपाली छक्का पन्जाले बिगतको तुलनामा केही क व्यापार गर्न सक्छ।

यत ज्वाईसाबमा पनि जितुसंगै निति शाहको अभिनय रहेको र कथाववस्तु पनि अब्बल रहेको र कस्मम बत्तिको गीत पनि चर्चामा रहेकोले यो फिल्मले पनि केही न केही गर्न सक्ने सम्भवना रहन्छ। किनकी चल्दैनन भन्ने फिल्महरुले तहल्का मच्चाएका उदाहरणहरु टन्नै रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa