Trending

अरुणीमा सम्बन्ध बिच्छेद गर्दै

arunnima lamsal

नायिका अरुणिमा लम्सालको दोश्रो घरबार पनि चट हुने संघारमा पुगेको छ। उनको डिभोर्सको हल्ला चलिरहेको बेला उनले एक अन्तर्वार्तामा दिएको अभिव्यक्तिले सो हल्लालाई सत्यमा परिणत गरिदिएको छ। बि.स. २०६० सालमा चलचित्र यस्तै रहेछ जिन्दगी बाट फिल्मी करियर सुरु गरेकी अरुणिमा लम्साल कुनै बेलाकी नम्बर वान नायिका थिईन्। पहिलो चलचित्र रिलिज अगावै उनी निर्माता र निर्देशहरुको नजरमा परेकी थिईन। उनको दोश्रो चलचित्र धडकन रिलिज भएपछि त यिनको फिल्मी करियर दिन दुईगुणा रात चौगुणा फैलिएको थियो। फिल्मी करियरको शिखर चढ्ने क्रममा नै रहेकी नायिका अरुणिमाले बि.स. २०६२ सालमा प्रेमी अमित अर्यालसंग विवाह गरिन्।

विवाहपछि पनि निरन्तर फिल्मी करियरमा जमेकी अरुणिमाले करिब ३८ वटा भन्दा बढी फिल्महरुमा अभिनय गरेकी थिईन्। प्रेम विवाह गरेकी अरुणिमाको सन् २०१७ मा अमितसंग सम्बन्ध बिच्छेद भएको थियो। त्यसपछि उनी अमेरिकामा नै स्थायी बसोबास गर्न थालेकी थिईन। बेला बेला नेपालमा आउने जाने गरेकी उनले सुनसरीका युवराज श्रेष्ठसंग २०८१ भदौमा दोश्रो विवाह गरेकी थिईन् तर बिडम्बना उनको दोश्रो विवाह ६ महिना पनि टिक्न सकेन। उनले युवराजले आफूलाई झुट बोलेर फसाएको आरोप लगाउनुका साथै युवा पुस्तालाई विवाह गर्दा विवाह गर्ने मान्छेको बारेमा राम्रारी बुझेर उसंग जीवन वित्छ या वित्दैन हजार पटक सोचेर मात्र विवाह गर्न सुझाव समेत दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa