बिगत एक दशक भन्दा लामो समयदेखी निरन्तर तामाङ सांगितिक आकाशमा गुञ्जीरहेको एक आवाज, जसको आवाजले हजारौँ दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाउँदै आएको छ। समर्पण, साधना र मौलिक पहिचानको संगम मानिने उनको गायन शैलीले तामाङ संगीत क्षेत्रमा अलग्गै स्थान बनाएको छ।
तामाङ कला संस्कृतिलाई शिरमा राखेर हलिउड बलिउडमा समेत जम्ने सपना देखेकी जितु लोप्चन, तामाङ गीत संगीतको आकाशमा उदाईसकेकी एक उज्यालो तारा हुन्। तामाङ संगीत उद्योगको लोक, आधुनिक, पप, Hip-Hop लगायत हरेक विधामा स्वर दिनका लागि उनी सक्षम छिन्। उनको आवाजले गीत मात्र गाएको छैन, उनको आवाजले भावना बोलिरहेको छ, कहिले मिठो सम्झना बनेर, कहिले जीवनका चोटहरूमा मलम लगाएर दर्शक श्रोतालाई आफ्नो कथासँग जोडिरहेको छ।” उनको मेहनत, त्याग र समर्पणले तामाङ कला–संस्कृतिले नयाँ उचाइ पनि लिएको छ।”
अहिलेको महोल हेर्ने हो भने जितु लोप्चन विना तामाङ संगीत उद्योग केही महिना ठप्प नै हुने अवस्था समेत देखिन्छ। दैनिक १२ घण्टासम्म स्टुडियोमा व्यस्त हुने जितु यतिवेला सफलताको उच्च विन्दुमा छिन्। तामाङ गीत संगीतमा भविष्य नदेख्नेहरुका लागि समेत उदाहारणको रुपमा रहेकी जितु, तामाङ संगीत उद्योगकी अति व्यस्त र महंगो व्यवसायिक गायिका समेत बनेकी छन् यति मात्र हैन उनी तामाङ समुदायको एक अमुल्य सम्पति र सम्मानित व्यक्तित्व पनि भएकी छन्। उनले गाएका गीतहरु एकपछि अर्को लोकप्रिय बन्दै गएपछि उनी नयाँ गायिकाहरुको प्रेरणाको स्रोत र दर्शक श्रोताको मनमुटुमा बस्न पनि सफल पनि भएकी छन्। उनी यो अवस्थामा आईपुग्नुमा उनको लगनशिलता, मेहनत, त्याग, संघर्ष, पेशा प्रतिको सकरात्मक सोच र उनको परवारको ठुलो भुमिका रहेको छ। जितु लोप्चन आज प्रतिभाशाली मात्र होइन, तामाङ कला–संस्कृतिको जगेर्ना तथा तामाङ गीतसंगीतको आधुनिकिकरणमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेकी अग्रणी गायिकामध्ये एक मानिन्छिन्।
को हुन् त जितु लोप्चन ?
बि.स. २०५० साल जेठ १९ गते मंगलवार पाँचखाल नगरपालिका वडा नं. ५ काभ्रेपलान्चोकमा जन्मिएकी जितुको पुरा नाम जितमाया लामा हो। आफ्ना दिदीहरु निरु र पुर्णिमाको अधुरो सपनालाई पुरा गर्दै आफुलाई पनि संगीत उद्योगमा एक अब्बल कलाकारको रुपमा प्रस्तुत गर्न सफल गायिका जितु, तामाङ समुदायकी बहु चर्चित र लोकप्रिय गायिका हुन्। उनले तामाङ सेलो संगीतमा करिब १४ बर्ष भन्दा बढी बिताईसकेकी छिन्। यो दौरानमा उनले तामाङ सेलो, म्हेन्दोमाया, चलचित्र र अन्य विधाका गीतहरु गरी १५० भन्दा बढी गीतहरुमा आफ्नो स्वर भरिसकेकी छिन्।

बाल्यकाल र शिक्षाः
मध्यम बर्गीय परिवारमा काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं. ५ मा परिवारको कान्छी छोरीको रुपमा जन्मेकी जितुको बाल्यकाल काभ्रेमै बितिके थियो। स्थानीय स्कुलमा प्रा.वि. लेभलदेखी कक्षा १२ सम्म त्यही पढेकी जितुले त्रिभुवन विश्वविद्यालयबाट BBS को अध्ययन पुरा गरी दिक्षित भएकी छन्।

साँगितिक यात्राः
स्कुले जीवन देखी नै गाउन सिपालु जितुको पारिवार पनि साँगितिक माहोलमा रम्ने भएकोले संगीतको यात्रा गर्न निकै सहज थियो स्कुले जीवनमा नै गायिकाको उपमा समेत पैसकेकी उनले सन् २०१२ मा सिङगिङ रियालिटी शो काभ्रे आईडलबाट सार्वजनिक रुपमा संगीत उद्योगमा डेब्यु गरेकी हुन्। काभ्रे आईडलमा सेकेण्ड रनरअपसम्म भएकी जितु त्यसपछि सांगितिक करियरलाई अझ अगाडी बढाउन काभ्रेबाट सन् २०१२ मा नै काठमाण्डौ भास्सिएकी थिईन्। त्यसपछि सांगितिक करियरको लागि विभिन्न ठाउँमा चक्कर लगाउँदै संगीत पनि सिक्दै अवसरको खोजीमा हिडेकी जितुलाई तामाङ संगीत उद्योगका बहु चर्चित गायक विशाल काल्तान र तामाङ चलचित्र सेम्ला नाङसालको टिमले उक्त चलचित्रको गीत चौबन्दी चोली मेरो नाकैमा बुलाकी मार्फत् उनलाई सन् २०१३ मा तामाङ गीत संगीत उद्योगमा औपचारिक रुपमा डेब्यु गराए अर्थात् उनको पहिलो गीत यही नै हो।
त्यस पछि चलचित्र धिमनाम हुँदै म्लाङ प्वाँहारको गीत नक्कले कान्छाला सक्कली सेम भन्ने गीतमा स्वर भरिसकेपछि त उनलाई गीत गाउनको लागि समय नै मिलाउन धौधौ भयो अर्थात् यो गीतले जितु लोप्चनलाई संगीतको आकाशमा उड्न मद्यत् गर्यो। यसरी सन् २०१३ देखी अनवरत रुपमा तामाङ संगीत उद्योगका विभिन्न विधाका गीतहरु मार्फत आफुलाई यही क्षेत्रमा समर्पित गरिरहेकी छन्।
वैदेशिक यात्राः
जितु लोप्चन नेपालमा हुने कार्यक्रमहरुमा जति व्यस्त छिन् उति नै वैदेशिक कार्यक्रमहरुमा पनि व्यस्त छिन् करियरले पिकअप लिने समयको केही बर्ष विदेशमा रहेका संघसंस्थाहरुको नजर जितुमा नपरेपनि सन् २०१८ मा मलेसियाको यात्रा गरेपछि भने उनलाई वैदेशिक यात्राको अफर पनि ह्वात्तै बढेको छ मलेसियापछि कतार, दुवै, बहराईन, ईजरायल, हङकङ, भारत हुँदै दर्जन हाराहारीका देशहरुमा साँगितिक कार्यक्रमको लागि वैदेशिक यात्रा गरिसकेकी छिन्। उनले दुवैमा मात्रै ३ पटक साँगितिक कार्यक्रम गरिसकेकी छिन्। यो बर्ष पनि जितुको वैदेशिक यात्राको लागि उनको क्यालेण्डर मार्किङ भईसकेको छ।
वैवाहिक स्थितिः
समधुर आवाजकी रानी चटक्क जिउडाल मिलेको त्यही माथी तामाङ समुदायकै चर्चित सेलेब्रिटी जितुको प्रेम सम्बन्ध पक्कै होला भनेर सोच्दै हुनुहुन्छ भने तपाँई गलत हुनसक्छ किनकी उनको प्रेमसम्बन्धका विभिन्न चर्चा भए पनि लोप्चन व्यक्तिगत जीवनबारे सार्वजनिक रूपमा धेरै नबोल्ने कलाकार मानिन्छिन्। अर्थात् उनी अहिलेसम्म अविवाहित छिन्।
उनका चर्चित गीतहरुः
जितुद्वारा स्वरबद्ध ९० प्रतिशत गीतहरु चर्चित र लोकप्रिय बनेका छन् यद्यपी तपाँईहामीमाझ अत्याधिक चर्चित र लोकप्रिय बनेका केही गीतहरुको लिष्ट निम्नानुसार रहेको छ।

आम्दानीः
उनको व्यस्तता, तामाङ गीत संगीतमा एकछत्र राज गरिरहेको अवस्था र उनको स्वदेश तथा विदेशको कार्यक्रमहरुको जजमेन्ट गर्ने हो भने जितुको कुल आम्दानी ५० देखी ८० लाखको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ।
सामाजिक संजालमा जितुः
पछिल्लो समय कलाकारहरुको जजमेन्ट गर्ने माध्यम नै सामाजिक संजाल हुँदै गईरहेको अवस्थामा जितुले पनि आफुलाई सामाजिक संजालमा अग्रणी रुपमा प्रस्तुत गरेकी छन्। उनको फेसबुक, टिकटक, युट्युव लगायतका सामाजिक संजालहरुमा उपस्थिति राम्रै छ। उनी फुर्सदको समयमा टिकटक लाईभमा दर्शक श्रोतसंग भलाकुसारी गर्छिन उनले नयाँ गीतहरुको प्रचार समेत टिकटक मार्फत नै धेरै गर्ने गरेकी छन् जसले गर्दा लगानीकर्ताहरुको नजरमा समेत उनी पहिलो रोजाईमा पर्ने गरेकी छन्।
Facebook:
https://www.facebook.com/jitu.lopchan.7
Youtube
https://www.youtube.com/@jitulopchan
Tiktok
अवार्ड तथा सम्मानः
जितुले थुप्रै किसिमका अवार्ड र सम्मानहरु प्राप्त गरेकी छन्। उनलाई विभिन्न सरकारी संस्था र गैर सरकारी संस्थाहरुले पनि सम्मान गर्दै आईरहेको छ। उनलाई तामाङ कलाकार संघले बार्षिक रुपमा प्रदान गर्ने स्व. गायिका योगिता मोक्तान प्रतिभा पुरस्कार २०८० सम्मानित भएकी छन्।

जितुबाट सिक्नुपर्ने कुराः
जितु लोप्चनले यो उचाईसम्म आईपुग्न निकै संघर्ष र त्याग गरेका छन्। उनको संगीत प्रतिको लगाव र पेशा प्रतिको सकरात्मक सोचका कारण उनको सफलताले शिखर चुमेको छ। उनको जीवनी, बाटोबाटोमा- पाईला पाईलामा सफलताको सपना बोक्नेहरुको लागि एउटा मार्गदर्शक बन्ने छ। नयाँ आउने गायिकाहरुको लागि प्रेरणाको स्रोत बन्नेछ।
