चलचित्र ईतिहासमै सर्वाधिक कमाउन सफल चलचित्र पूर्ण बहादुरको सारङ्गीका निर्माता विनोद पौडेलले १०-१२ लाखको टिकट आँफेले किनेको भनी सनसनी पुर्ण खुलासा गरेका छन्। उनले सामाजिक संजालमा एक स्टाटस राख्दै भनेका छन् इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २०/२५ लाखको त टिकट किन्नैपर्छ । १०/१२ लाखको त हामीले पनि किनेकै हो । अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो ।

चलचित्र क्षेत्रमा आफ्नो फिल्मको टिकट आँफैले काट्ने हल्लाहरु व्यापक रुपमा चल्ने गरेका थिए। सो कुरा पुष्टि हुने गरी निर्माता विनोद पौडेलले स्टाटस राखेपछि यतिवेला सिनेमा जगतमा खैलाबैला मच्चिएको छ। यसरी आफ्नो चलचित्रको टिकट आफै किनेको हो भनी स्वीकार गर्ने पहिलो निर्माता पनि पौडेल भएका छन्। पुर्ण बहादुरको सारङ्गीले नेपालमा मात्रै 4६ करोड 80 लाख र विश्वभरबाट 83 करोडको कमाई गरेको छ।