Trending

सुरक्षा पन्तलाई ज्यानमार्ने धम्की

Surakshya-panta

नायिका सुरक्षा पन्तले पुर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई अभिनयमा आउन सुझाव दिएपछि यतिवेला राजाबादीहरुले सुरक्षा पन्तको चर्को आलोचना गरिरहेका छन्। कतिपयले उनको फिल्म बहिस्कार अभियान चलाईरहेका छन् भने कतिपयले उनलाई ज्यानमार्ने धम्की समेत दिईरहेका छन्। 

उनले अन्तर्वार्ताको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहको प्रशंसा गर्दै उहाँ राम्रो हुनुहुन्छ र धेरै फ्यानहरू पनि छन् भन्ने प्रतिक्रिया दिएकी थिइन्। साथै, उनले अभिनयमा प्रवेश गरे राम्रो हुने आफ्नो व्यक्तिगत धारणा व्यक्त गरेकी थिइन्। सुरक्षाको यस्तो टिप्पणी बाहिरिएसँगै विभिन्न वर्गबाट प्रतिक्रिया आउन थालेको छ, विशेषगरी सामाजिक सञ्जालमा यसले निकै चर्चा पाएको छ।

Suraksya panta

सुरक्षा पन्तको भनाइपछि राजावादी समर्थकहरू आक्रोशित बनेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत सुरक्षामाथि गम्भीर टिप्पणी गरिरहेका छन् र उनको चलचित्र बहिष्कार गर्न आह्वानसमेत गरेका छन्। कतिपयले उनको भनाइलाई गैरजिम्मेवार र पक्षपाती करार गर्दै आलोचना गरिरहेका छन्। विवाद बढ्दै जाँदा सुरक्षाले यस विषयमा सर्मर्पित शिर्षककमा एक कविता लेखेर प्रतिक्रिया दिएकी छन्।

उनी लेख्छिन् मेरो रजस्वला भैरहेको छ मलाई अहिले छुन नआउनु!  पहिलो दिन अलि विचार हुन्छ,  दोस्त्रो दिन अलि बढी बहिष्कार हुन्छ, तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ, चौथो दिन लगभग नमस्कार भनेको त, पाचौं दिनमा तुच्छ! तुच्छ! आकार.. संस्कार नहुँदासम्म, मलाई छुन नआउनु ।

यस्तै प्राय कलाकारहरुले सुरक्षाको पक्षमा कवालत गर्दै सुरक्षालाई सन्तवना दिईरहेका छन्। यही क्रममा नायिका रिचा शर्माले सत्य जे हो त्यो बोलेकि छौ भनेर सुरक्षाको पक्षमा स्टाटस लेख्दा रिचालाई बाबुराम धिताल गरेका एकजनाले आमाचकारी गाली गर्दै उनको चरित्रमाथी नै प्रश्न उठाएर म्यासेज पठाएको छ। जुन अत्यन्तै तल्लो स्तरको छ। यसै गरी गणतन्त्र पक्षधरहरुले पनि सुरक्षाको पक्षमा खुलेरै वकालत गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa