Trending

समिर भट्टको पारिश्रमिकले निर्माता आत्तिए

samir bhatta 1

१२ गाँउबाट रातारात स्टार भएका समिर भट्टको पारिश्रमिक ह्वात्तै बढेको छ। उनको दोश्रो फिल्म २०८२ को दशैंमा रिलिज हुँदैछ। पहिलो फिल्म नै सुपरडुप्पर हिट भएपछि उनलाई फिल्मको लर्को नै लागेको थियो तर यतिवेला भने विस्तारै उनलाई फिल्ममा लिने निर्माताहरु पछि हटिरहेका छन्। कारण हो उनको पारिश्रमिक, केही निर्माताहरुका अनुसार समिरले एउटै फिल्मको पारिश्रमिक ५० लाख भन्दा बढी माग्ने गरेको बताएका छन्।

२०/ २५ लाखमा फिल्ममा खेलाउने योजनाकासाथ समिरलाई भेट्न पुगेका निर्माताहरु समिरको पारिश्रमिक सुन्ने बित्तिकै पछि हट्ने गरेका छन्। चलचित्र बलिदानबाट डेब्यु हुने भनिएका समिर १२ गाँउबाट नै नेपाली सिनेमा उद्योगमा डेब्यु भईसकेका छन्। यसरी डेब्यु चलचित्रबाट नै स्टार भएका समिर भट्टको वास्तविक परीक्षा भने दशैमा रिलिज हुने चलचित्र बलिदानबाट हुनेछ। सन्तोष सेनले निर्माण गरेको बलिदानको हाईप अनुसार यो फिल्मले पनि समिरको स्टारडमलाई जोगाउने आंकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa