Trending

मानवता खै ?

victim-lady

यतिवेला तपाँई हामीमा मानवता हराएको छ। काण्डै काण्डको हल्लाको पछि लागेर युट्युव, फेसबुक, टिकटक लगायतका सामाजिक संजालमा हामी भौतारिरहेका छौ। कुनै एकजनाले यसको काण्ड आयो है भनेर एउटा क्याप्सन मात्र राख्नु पर्छ त्यसपछि त्यसको कमेन्ट बक्समा लिङ्क माग्नेको लर्को लाएको हुन्छ। कतिपयले त पैसा हालिदिनु म लिङक पठाउछु भनेर ठगी धन्दा समेत चलाईरहेका देखिन्छ।

अहिले पनि सामाजिक संजालमा एकजना युवतीको निर्मम तरिकाले चरित्र हत्या भईरहेको छ। उनीहरुले भाइरल हुने लोभमा एक युवतीको अन्तरङ्ग गतिविधिको भिडिओ सार्वजनिक गर्दै उनको गोपनीयताको गम्भीर रूपमा उल्लङ्घन गरेका छन् । यसरी कसैको गोपनियतामा रमेर हामीले के सिकिरहेका छौ।

Advertise your business here

कल्पना गर्नुहोस त यदि त्यो भिडियो तपाँई, तपाँईको दिदी बहिनी, वा तपाँईको नजिकको नाताको भए तपाँईलाई कति असर गर्थ्यो होला ? त्यसैले यस्ता किसिमको गम्भिर विषयलाई मजाकको रुपमा नलिई गम्भिर हुन आग्रह गर्दछु। यदि पीडित युवतीले उजुरी दिएमा भिडिओ रेकर्ड गर्ने, आदानप्रदान गर्ने, डिभाइसमा भण्डारण गर्ने सबैजना कारबाहीको दायरामा पर्नेछ। अहिलेको डिजिटल जमानामा आज कसैको आयो भोली तपाँईको पनि नआउला भन्न सकिन्न त्यसैले वेलैमा सचेत बनौ, मानवता देखाउ र कानुनी फन्दामा नपरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa