Trending

निश्चललाई गालीको बर्षा

Untitled 2

२०८१ फाल्गुण १४ गते महाशिवरात्रीको अवसरमा नेपाली सिनेमा हलहरुमा ३ वटा चलचित्रहरु एक साथ लागिरहेको छ। मायावी, लाज शरणम् र फेरी रेशम फिलिली।  यी तीन चलचित्रहरु मध्ये लाज शरणम र फेरी रेशम फिलिली कमेडी जनरका हुन भने मायावी प्रेमकथामा आधारित फिल्म हो।

यसरी चलचित्रहरु रिलिज हुन लाग्दा कलाकारहरुले फिल्म सफलताको शुभकामना सहित सामाजिक संजालमा फिल्मका पोष्टरहरु सार्वजनिक गर्ने गर्दछन्। यही क्रममा निर्देशक निश्चल बस्नेतले पनि फिल्मका पोष्टरहरु राख्दै Booking खुल्यो है । दुबै रमाईलो होला जस्तो छ । तपाईहरु पहिला कुन हेर्ने ? भनी  लाज शरणम र फेरी रेशम फिलिलिको मात्र पोष्ट राखेका छन्। तर सोही दिनमा रिलिज हुने चलचित्र मायावीको पोष्टर राखेका छैनन् जसका कारण य ति वेला उनको पोष्टमा नायक पल शाह र मायावीका फ्यानहरुले गाली बर्षाएको छ।

Screenshot 2025 02 26 182004

कतिपयले उनलाई रंगीभेदी कमेन्ट पनि गरेका छन्। उनीहरुले मान्छै जस्तै मन पनि कालो रहेछ भनेर कमेन्ट गरिरहेका छन्। निश्चलले किन मायावीको पोष्टर शेयर गरेनन् त्यो भने उनैलाई थाहा होला प्रायजसो सवै चलचित्रको पवष्टर शेयर गर्ने उनले मायावीको पोष्टर शेयर नगर्दा चलचित्रकर्मी चकित पनि भएका छन्। जे होस यी तीन चलचित्रहरु एक साथ प्रदर्शन भईरहेका छन् कुन चलचित्रले कतिको कमाई गर्ने हो त्यो भने हेर्न बाँकी छ। यी तीनै चलचित्रलाई हाम्रो टिमको तर्फबाट सफलताको शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa