Trending

गायक दुर्गेश थापाले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन्

दुर्गेश थापा

पछिल्लो समय विभिन्न मेला महोत्सवमा अत्याधिक रुचाईएका गायक दुर्गेश थापाले SEE परीक्षा अवधिभर कुनै पनि कार्यक्रममा आफु सहभागी नहुने बताएका छन्। उनले आज SEE दिने विद्यार्थीहरुलाई शुभकामना सन्देश लेख्दै आफुले SEE अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका हुन्।  दुर्गेशको दुश्मन हेरेको हेरै गीत अत्याधिक लोकप्रिय भएपछि नेपालमा हुने मेला महोत्सवमा उनको माग अत्याधिक भईरहेको छ । यसै गरी उनको उक्त गीत यति वेला ग्लोबल ट्रेण्डिङमा पनि रहेको छ। उनको गीतलाई अहिलेसम्म ४ करोड भन्दा बढी पटक हेरिसकिएको छ। 

उनले शिक्षा जीवनको सबैभन्दा मुल्यवान सम्पति हो भन्दै लखेका छन् शिक्षा जीवनको सबैभन्दा मूल्यवान ‘सम्पत्ति’ हो। यतिवेला प्रिय भाईबहिनिहरु आफ्‌नो मिहिनेत, परिश्रम र सपनाले उज्जल भविष्यको बाटो कोर्दै हुनुहन्छ । सबैजनालाई सफलताको धेरै शुभकामना । हजुरहरूको सफलता नै, मेरो सफलता हो ।

साथै उनले आफुलाई कमब्याक गराउने दर्शकहरुलाई धन्यावाद पनि दिएका छन्। उनले SEE अवधीभर कसैले पनि कार्यक्रमको लागि सम्पर्क नगरिदिन आग्रह समेत गरेका छन्।

durgesh thapa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa